Rule 23
सेवा बन्द गर्न सक्ने परियोजना कार्यालयले देहायको अवस्थामा सेवा बन्द गर्न सक्नेछ

(क) उपभोक्ता संस्थाले संकलन गरी बुझाउनुपर्ने रकम नबुझाएसम्म,
(ख) कुनै उपभोक्ताले परियोजना कार्यालय र उपभोक्ता बीच भएको सम्झौतामा उल्लिखित शर्त उल्लघंन गरेमा सोही सम्झौता बमोजिमको कारवाही पूरा नभएसम्म,
(ग) संरचना क्षतिग्रस्त भएमा वा हुने सम्भावना भएमा आवश्यक मर्मत सम्भार नगरेसम्म ।
२४. सूचना दिनु पर्ने परियोजना कार्यालयले नियम २२ वा २३ बमोजिम सेवा कटौती वा बन्द गर्नु परेमा सोको सूचना सम्बन्धित उपभोक्ता संस्था तथा स्थानीय निकायलाई दिनु पर्नेछ ।